फाखेल भएर काठमाडौँ जाने सडक अवरुद्ध

हेटौँडा, ३१ असार : वर्षाको कारण हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ ।

वर्षाका कारण पहिरो जाँदा सडकसमेत बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कुलेखानी–फाखेल सडकखण्डस्थित लक्ष्मी खोलाले सडक बगाउँदा बाटो अवरुद्ध भएको जनाइएको छ । सडक बगाएपछि फाखेल सडकखण्ड अवरुद्ध भएको हो ।

यसैगरी हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली निस्कने बाटो पाँच दिनदेखि बन्द रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने बाटो भने चलिरहेको छ । कान्ति लोकपथ सडकखण्ड भने पहिरोका कारण अवरुद्ध भएको र खुल्न केही दिन लाग्ने प्रहरीले जानकारी दिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला, महालक्ष्मी खोला र हुमानेमा पहिरो गएपछि हेटौँडा, फाखेल, हुमाने काठमाडौँ सडक पुनः अवरुद्ध बनेको थियो ।

सोमबार दिनभर सडकखण्ड खुलाउन प्रयास भए पनि नसकिएको र आजबाट फाखेल प्रहरीको टोलीले सडकखण्डमा भएको पहिरो हटाउन जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.