स्थानीय तहले अझै पठाएनन बजेट विवरण

काठमाडौँ, १७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १२५ स्थानीय तहले अझै पनि बजेट विवरण पेश गरेका छैनन् । मन्त्रालयले बजेटको विवरण पठाउन निर्देशन दिएपछि ६२८ स्थानीय तहले विवरण पठाएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।

गत असार ११ गते सबै स्थानीय तहलाई तीन दिनभित्र गाउँसभा÷नगरसभामा पेश गरेको बजेट विवरण पठाउन निर्देशन दिएको थियो । उहाँले विवरण नपठाउने स्थानीय तहलाई चाँडै नै पठाउनसमेत निर्देशन दिइएको बताउनुभयो । मन्त्रालयले बजेट प्रस्तुत गरे÷नगरेको बारेमा सबै स्थानीय तहसँग जानकारी लिनका लागि विवरण माग गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महीनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार प्रायः सबै स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गरेका थिए । मुलुकमा छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.