अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब 

काठमाडौँ, १३ जेठ : चालू आर्थिक वर्षको प्रथम आठ महीनामा रु १३ अर्ब ४९ करोड अनुदान र रु ९३ अर्ब ६९ करोड ऋण गरी रु एक खर्ब सात अर्ब १८ करोड बराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ ।

सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा रु एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको थियो । पछिल्ला वर्षहरुमा नेपाललाई प्राप्त हुने वैदेशिक सहयोगको अंश क्रमशः घट्दै गएको छ ।

चालू आवको सोही अवधिमा अनुदान र ऋण गरी रु ५० अर्ब ८४ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको छ । अघिल्लो आवको सोही अवधिमा अनुदान र ऋण गरी रु एक खर्ब ३१ अर्ब ५५ करोड बराबरको वैदेशिक सहायता उपयोग भएको थियो ।

कूल वैदेशिक सहायता उपयोगमा बहुपक्षीय सहयोगको अनुपात उच्च रहेको छ । बजेट संयन्त्रबाट वैदेशिक सहयोग परिचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.