हिमतालमा बेपत्ता बराइलीको शव निकालियो

सोलुखुम्बु, २ जेठ : गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा नौ महिना अघि बेपत्ता भएका एक विद्यार्थीको शव भेटिएको छ । पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये सुनलि बराइलीको शव भेटिएको हो ।
बराइलीको शव करीब ३५ फिट गहिराइबाट निकालिएको हो । जसको लागि विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबारबाट खोजी कार्य सुरु गरेको थियो ।
खोजकर्ताले परिचालन गरेको रोबर्टले शव पहिचान गरी बाहिर निकाल्न सफल भएको हो । गत साउन १८ गते शैक्षिक भ्रमणमा गएका बेला पौडी खेल्नेक्रममा बराइली साथीको उद्धार गर्न जादा आफैँ डुबेर बेपत्ता भएका थिए । उनी जिउमा लगाएको कपडासहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरिक्षक शालीग्राम शर्माले जानकारी दिनुभयो ।
बेपत्तामध्ये १६ वर्षिय पेम्बा नुरु शेर्पाको शव गत साउनको २३ गते सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटेको थियो । १७ वर्षीय पेम्बा दोर्जी शेर्पाको शव खोज्ने कार्य जारी रहेको खोजकर्ताले बताएका छन ।
अमेरिकाको क्यालिर्फोनियाबाट आएका जेर्मी कर्मकिन, केइथ कर्मकिन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक चिसो मौसमको कुनै प्रवाह नगरी टोलीको निरन्तर प्रयासपछि उनीहरु डुबेकै ठाउँको आसपासमा शव भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.