कानूनविद् प्रा डा मेननको योगदानको स्मरण

काठमाडौँ, १ जेठ : नेश्नल ल स्कूल अफ इण्डिया युनिभरसिटी, व्याङ्लोरका प्रा डा माधव मेननले कानूनका क्षेत्रमा नेपालका लागि गरेको योगदानको स्मरण गरिएको छ ।

प्रा डा मेननको निधन भएको नवौँ दिनमा आज आयोजित श्रद्धाञ्जलिसभामा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले प्रा डा मेननले नेपालको कानूनी प्रणालीको विकासमा महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो ।

स्वर्गीय मेननले नेपालमा आएर राष्ट्रिय न्यायिक प्रतिष्ठानमार्फत न्यायाधीशलाई प्रशिक्षण दिने काम गरेको स्मरण गर्दै न्यायाधीश भट्टराईले दक्षिण एशियामा कानूनी प्रणालीको विकास गर्न उहाँ उल्लेखनीय योगदान रहेको बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले दक्षिण एशियामा कानूनको क्षेत्रमा प्रा डा मेननले दिएको योगदानको स्मरण गर्दै नेपालको कानूनी क्षेत्रको विकासमा उहाँको योगदान अलुलनीय रहेको स्मरण गर्नुृभयो ।

प्रा डा मेननको कलेजोको क्यान्सरका कारण गत वैशाख २४ गते ८४ वर्षको उमेरमा निधन भएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा भट्टराई र फुयाँल सोही विश्व विद्यालयका विद्यार्थी र प्रा डा मेननका विद्यार्थी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal