प्राध्यापक सङ्घको महाधिवेशन जेठ ९-११ गते काठमाडौँमा
महाधिवेशनमा सङ्घका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सङ्घको छाताभित्रका त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पब्लिक क्याम्पस, प्राध्यापक सङ्घ, नेपालका केन्द्रीय समितिका पदाधिकारी र ती सङ्घबाट निर्वाचित नेपाल प्राध्यापक सङ्घको राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय निर्वाचन समितिका पदाधिकारी सदस्य सहभागी हुने जनाइएको छ ।
महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायको संयोजकत्वमा १२४ सदस्यीय मूल आयोजक तथा स्वागत समिति गठन गरिएको छ । प्राडा नारायणप्रसाद गौतमको अध्यक्षतामा सङ्घको विधानबमोजिम केन्द्रीय निर्वाचन समिति, सङ्घका उपाध्यक्ष रणजीतप्रसादको संयोजकत्वमा प्रस्ताव उपसमिति, कोषाध्यक्ष किशोर गौतमको संयोजकत्वमा व्यवस्थापनलगायत समिति गठन गरिएको सङ्घले जनाएको छ ।
