कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता
युवा उद्यमशीलता प्रवद्र्घन गर्ने उद्देश्यले भएको उक्त सम्झौतामा रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी, एनएमबी बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार तीनवटै पक्षले आपसी सहकार्यमा नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहयोग पु¥याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडेर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्नेछन् । उक्त निर्देशिका अनुसार राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिशमा बैंकले प्रतिव्यक्ति अधिकतम रु १० लाखसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने गरी हाललाई रु एक अर्बसम्म ऋण प्रवाह गर्नेछ ।
