रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू

रसुवा, १७ वैशाख : रसुवागढी हुँदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

हेमन्त र शिशिर ऋतुको समय अर्थात मङ्सिर, पुस र माघ महीनामा परेका हिउँ पग्लिने क्रम शुरू भई आवतजावतमा सहजता आउन थालेपछि मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको बताउँदै अध्यागमन प्रमुख धर्तीले यात्रुको यात्रा अब असोज महीनासम्म चल्ने बताउनुभयो ।

यसभन्दा अगाडिको अभिलेख अध्यायन गर्दा मानसरोवर तीर्थ जाने अधिकांश यात्रु भारतीय मुलका भएका र उनीहरू रसुवागढी नाका तथा हुम्लाको हिल्सातर्फको मुख्य यी दुई नाका प्रयोग गर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.