जग्गा विवादमा संलग्नता छैन : महासचिव पौडेल

काठमाडौँ, २७ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैहरकानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाउनुभएको छ ।

महासचिव पौडेलले आज विज्ञप्ति जारी प्रचलित कानुन बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीदबिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जनाउनुभएको हो ।

कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित/प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित÷प्रसारित भएकोमा दुःख लागेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.