वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

काठमाडौँ, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ भर्ना हुनुभएको छ ।

आइतवार उहाँको ज्वरो बढेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको उहाँका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो ।

दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकोले उहाँलाई ज्वरो आएको बताइएको छ । नेता नेपाल गत साता बारा र पर्सामा हावाहुरी आएपछि त्यहाँ जानु भएको थियो । उहाँलाई त्रिविका चिकित्सक डा. सन्तकुमार दासको टोलीले उपचार गरिरहेको छ ।

स्वकीय सचिव पौडेलले उहाँको ज्वरो सामान्य भएकाले चिकित्सकको सल्लाहमा आजै अस्पतालबाट घरफिर्ता गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.