टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ : सभापति देउवा

विराटनगर, २१ चैत (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल टेलिकमले अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगकोबाट जनतालाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिकम वर्कर्स यूनियनको १० औंँ महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रका दुरसञ्चार प्रदायकसँग स्वस्थ्य प्रतिस्पर्धा गर्न विश्वमा आएका आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुलुकको कुना कुनामा सञ्चारको सेवा पर¥याउन फोर र फाइभ जी सेवा विस्तारमा यूनियनले व्यवस्थापनलाई दबाब दिनुपर्ने बताउँदै उहाँले सञ्चारको समुचित प्रयोगबाट जनताको आर्थिकस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले विसं २०४८ नेपाली काङ्ग्रेसले सञ्चार क्षेत्रको विकासका लागि ल्याएको राष्ट्रिय सूचना तथा सञ्चार नीतिबाट नै मुलुकमा निजी क्षेत्रबाट ठूला/ठूला पत्रिका र निजी टेलिभिजन स्थापना भएको स्मरण गराउनुभयो । नेपाली काङ्ग्रेसको विगतको सरकारले सञ्चारक्षेत्रको विकास गर्नुका साथै नेपाल टेलिकमलाई प्रविधियुक्त बनाएको उहाँले दाबी गर्नुभयो । सभापति देउवाले वर्तमान सरकारले सञ्चारलगायत सबै क्षेत्रमा हस्तक्षेपकारी नीति अवलम्बन गरेको टिप्पणी गर्दै यस विरुद्ध सजग र सचेत भई आन्दोलनका लागि तयार हुनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काङ्ग्रेसको सरकारले ल्याएको नीतिबाट नै मुलुकको सञ्चार प्रविधिमा फड्को मारेको दावी गर्दै ग्रामीण र दूरदराज क्षेत्रका जनताले सञ्चारसेवा उपभोग गरेको दाबी गर्नुभयो । उहाँले नेकाको सरकारकोे पालामा नै एक लाख टेलिफोन एक्सचेन्ज निर्माण गराउनुका साथै नेपाल टेलिभिजनलाई स्याटलाईट प्रविधिमा लगेको जानकारी दिनुभयो ।

काङ्ग्रेस नेता एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले ठूला विदेशी सञ्चार प्रदायकका समूहसँग प्रतिस्पर्धाका लागि विशेष ध्यान आग्रह गर्दै आधुनिक प्रविधिको प्रयोगबाट जनतालाई गुणस्तरसेवा प्रदान गरी सूचना पहुँच ग्रामीण क्षेत्रमा पु¥याउनु कर्मचारीले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल टेलिकलका महाप्रबन्धक डिल्लीराम अधिकारीले संस्थाले तोकिएको समयमै फोर जी सेवासञ्चालन ल्याउने दाबी गर्दै गुणस्तरीय सेवा प्रदान गर्नेु पहिलो दायित्व भएको बताउनुभयो ।

टेलिकम यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र दाहालको सभापतित्वमा भएको उक्त कायक्रममा नेपाल ट्रेड यूनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्य, पूर्व अध्यक्ष खिलानाथ दाहाल, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, उपाध्यक्ष महेन्द्रप्रसाद यादव लगायतले टेलिकम यूनियनले मजूदर र कर्मचारीको हकहितको संरक्षण गरी जनतालाई दिनुपर्ने सेवा गुणस्तरीय प्रदान गरी निजी क्षेत्रसँग आधुनिक प्रविधिको प्रयोगबाट प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने अधिवेशनमा ७७ जिल्लाका ७०० जनाको सहभागिता रहेको छ भने नयाँ नेतृत्व समेत चयन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.