नेपाली सेनाका अधिकृत क्याडेटहरुको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ, ४ चैत : खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भइरहेको तालीममा तालीमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोहको आज प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

समारोहमा प्रधानसेनापति थापाले एकेडेमिक विभिन्न विषयमा उत्कृष्ट अङ्क हासिल गरी एकेडेमीतर्फ प्रथम, द्वितीय र तृतीय हुने शिक्षार्थी क्रमशः सफलता श्रेष्ठ, सञ्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत गर्नुभएको थियो । समारोहमा पुरुष ५४, महिला आठ र विदेशी दुई (केन्या र माल्दिभ्स) गरी ६४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.