नेपालमा भारत महोत्सव

काठमाडौँ, २७ फागुन : भारतको संस्कृति मन्त्रालयद्वारा काठमाडौँमा जारी एक महीना लामो ‘नेपालमा भारत महोत्सव’अन्तर्गत आज साँझ राजधानीमा कथाकली नृत्य तथा दक्षिणी भारतको खाना महोत्सव आयोजना गरियो ।

दक्षिण भारतमा लोकप्रिय कथाकली नृत्य हरिप्रिया नम्बुदिरी नेतृत्वको कलाकर्मी टोलीले प्रस्तुत गरेको हो । पौराणिक पात्र ‘नरकासुर वधम्’ विषयको उक्त नृत्यमा दानव कन्याले स्वर्गका राजा इन्द्रकी बुहारी बन्न गरेका अनुनय असफल भएका कथामा आधारित रहेको कलाकार नम्बुदिरीले बताइन् ।

सांस्कृतिक कूटनीतिका माध्यमबाट भारत र नेपालबीच शताब्दीऔँ पुरानो मैत्रीलाई प्रगाढ तुल्याउने उद्देश्यले आयोजित सो महोत्सवका सहभागीलाई स्वागत गर्दै नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले प्रस्तुत नृत्यबाट भारत र नेपालका सांंस्कृतिक विविधता एवं समानता झल्काइएको बताउनुभयो ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रा केदारनाथ शर्माले नेपाल–भारत सांस्कृतिक सम्बन्धका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.