६४ प्रहरी निरीक्षकलाई बढुवा सिफारिस 

काठमाडौँ, १२ फागुन : प्रहरी प्रधान कार्यालयले ६४ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा शनिबार राति बसेको बढुवा समितिको बैठकले जनपदतर्फका प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरीले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम ४ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.