न्यायाधीश बानियाँले घुस लिएको आरोपमा छानबिन समिति गठन

काठमाडौँ, २ फागुन : न्यायपरिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँले रु ५ लाख घुस लिएको भन्ने आरोपमा छानबिन गर्न एक छानबिन समिति गठन गरेको छ ।

परिषद्को आजको बैठकले न्यायाधीश बानियाँले घुस लिएको विषयमा छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको न्यायपरिषदले जनाएको छ । सो अदालतका नासु भोलानाथ चालिसेलाई गत माघ १७ गते रु पाँच लाख घुससहित अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । अख्तियारले चालिसेसँग आज लिएको बयानपछि परिषद्ले बयान र अन्य प्रमाणका आधारमा न्यायाधीश बानियाँको संलग्नता हुनसक्ने आशङ्कामा सो छानबिन समिति बनाएको हो ।

घुस काण्डमा न्यायाधीश बानियाँ मुछिएपछि थप अध्ययनका लागि परिषद्ले गत माघ २५ गते काजमा परिषद्मा सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.