१८ केजी सुन बरामद
कंचनपुर, २ फागुन । प्रहरीले पुनर्वास नगरपालिका-२ दशरथबस्ती बस्ने शंकर बिकको घरबाट लुकाई छिपाई राखेको १८ केजी सुन बिहीबार दिउसो बरामद गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कंचनपुर बाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा शंकरको घरमा तलासी गर्दा घरभित्र खाल्डो खनी लुकाई राखेको अवस्थामा उक्त सुन बरामद गरेको हो ।
हाल फरार शंकरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
