जन्ती बस दुर्घटनामा ५ घाइते

विदुर, १ फागुन : नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.