सातवटै प्रदेशमा सञ्चारग्रामः सचिव गुरुङ

पोखरा, २७ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सातवटै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सञ्चारग्रामका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएकाले स्थापनाको प्रक्रिया थालिएको जानकारी दिनुभयो । सञ्चार सेवाअन्तर्गत हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ थियो । “आगामी दिनमा हाल सूचना केन्द्रमार्फत भइरहेका काम हुलाकमार्फत गरिनेछ,” उहाँले भन्नुभयो । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित सञ्चारगृहमा पहल गरिरहेको उहाँले बताउनुभयो । कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गरिने सचिव गुरुङले बताउनुभयो ।

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले परिवर्तित सन्दर्भमा सञ्चार क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ मन्त्रालय लक्षित भएको बताउनुभयो । सहसचिव वीरेन्द्रकुमार मिश्रले इमेल निर्देशिकाबारे जानकारी गराउनुभयो । उपसचिवद्वय मुकुन्द शर्मा र शिवकुमार पोख्रेलले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि भइरहेका पहलबारे आ–आफ्ना धारणा राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ र जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले आम सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतका सञ्चार तथा सूचना प्रविधिसँग सरोकार राख्ने मन्त्रालयका अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति रहेको सो अन्तरक्रिया सोमबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal