सन्दर्भ : जम्बु कस्मिर, राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड
काठमाडौँ, २२ माघ : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसङ्घीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।
पाकिस्तानी दूतावासद्वारा दुतावास परिसरमा आयोजित ‘जम्मु कास्मिर विवाद र क्षेत्रीय स्थायित्व’ विषयक प्रवचनमा उहाँले कास्मिरका जनताको भावनाबमोजिम जनमत सङ्ग्रह हुनुपर्ने राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयनमा जोड दिनुभयो ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रीय प्रगति र समृद्धिका निम्ति अपरिहार्य छ भन्दै त्यसलाई गति दिन आफ्नो देश प्रतिबद्ध रहेको बताउनुभयो । क्षेत्रीय शान्ति र स्थायित्वले समग्र दक्षिण एशियामा प्रभाव परेको उहाँको कथन थियो ।
वरिष्ठ पत्रकार राजन कार्कीले सरकारका कुनै पनि मुलुक मानवअधिकार उल्लङ्घनका घटनाबाट मुक्त हुनुपर्ने बताउँदै कास्मिर समस्या संयुक्त राष्ट्रसङ्घकै प्रस्तावअनुरुप हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।
कार्कीले भन्नुभयो, "भारतीय सैनिकद्वारा मानव अधिकार उल्लङ्घन रोक्न र यस क्षेत्रमा शान्ति र स्थायित्व समाधान गर्न आवश्यक छ।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले गरेको बाचाबमोजिम कास्मिरी जनताका आकांक्षा सम्बोधन हुनुपर्ने बताउँनुभयो ।
यसै सन्दर्भमा आयोजना गरिएको उक्त दिवसमा पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रममा कुटनितिक क्षेत्रका व्यात्तित्व, पत्रकार तथा वरिष्ट महानुभावहरुका साथै नागरिक समाज को उपस्थिती थियो ।
५ फरवरी आत्मनिर्भरता दिवसको रूपमा जम्मू र कश्मीरका मानिसहरुलाई आत्मनिर्भरताको अधिकारको समर्थनमा सहभागी व्यक्त गर्न को लागी मनाईन्छ। हरेक वर्ष आजकै दिन पाकिस्तानले विश्वभर ऐक्यबद्धता दिवस मनाउँदै आएको छ ।

