भूटानी महारानी लुम्बिनीमा

लुम्बिनीको मायादेवी मन्दिरको दर्शनपश्चात शुक्रबार मन्दिर परिसर अवलोकन गर्दै भुटानकी महारानी अशी दोर्जी वाङमो वाङचुकसहितको टोली । तस्वीर: निरु गौतम, रुपन्देही

रुपन्देही, ११ माघ : भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुग्नुभएकी वाङचुकले लुम्बिनीको भ्रमण गर्नुभएको हो । महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले लुम्बिनीमा स्वागत गरेका थिए । महारानी वाङचुकले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभयो । लुम्बिनी भ्रमणपछि उहाँले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थल कपिलवस्तुको तिलौराकोटको भ्रमण गर्नुभएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो ।

महारानीलाई लुम्बिनीको पुरातात्विक महत्व र गुरुयोजनाबारे लुम्बिनी विकास कोषका पथप्रदर्शक दिलीप राईले जानकारी गराउनुभएको थियो । बिहीबार साँझ लुम्बिनी आइपुग्नुभएकी महारानी वाङचुक भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.