अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ

ललितपुर, ९ पुस : महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ । 

महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो ललितपुर महानगरपालिका–१५ बाट पद्मबहादुर खड्का, विदुरप्रसाद आचार्य र राजन दुवाललाई पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्राधिकरण पठाइएको र ‘ड्रोन क्यामरा’ लगायत उनीहरुसँग भएका सामग्री परीसरले जफत गरेकोे परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । 

‘ड्रोन क्यामरा’ उडानका लागि पालना गर्नुपर्ने नियमसम्वन्धी प्राधिकरणले जारी गरेको निर्देशिका पालना नगरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको खनालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.