३०० वर्ष पुरानो अजयमेरुकोट देवल अतिक्रमणको चपेटामा

डडेल्धुरा, २१ मङ्सिर : एक हजार ३०० वर्ष पुरानो इतिहास बोकेको डडेल्धुराको अजयेरुकोट अतिक्रमणको चपेटामा परेको छ ।

जिल्लाको अजयमेरु गाउँपालिकास्थित अजयमेरुकोटको देवल रहेको क्षेत्रमा केही समयदेखि स्थानीय बासिन्दाले अतिक्रमण गरी खेती गर्न थालेका छन् । पुरातत्व विभागले सूचीकृत गरेको अजयमेरु कोटको देवल रहेको क्षेत्रमा घेरवारसम्म पनि नरहेकाले स्थानीय बासिन्दाले अतिक्रमण गरीखेती गर्ने गरेका छन् । अतिक्रमणका कारण अजयमेरुकोट घुम्न आउने पर्यटकलाई देवल लगायतका ऐतिहासिक क्षेत्रको अवलोकनका लागि सास्ती हुने गरेको छ ।

अजयमेरु कोटको संरक्षणका अभावमा कोटको जमीन अतिक्रमण भइरहेकाले समिति बनाइ जमीनको पहिचान गरी व्यवस्थापन गर्ने काम थाल्ने अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताउनुभयो ।

अजयमेरुकोटको क्षेत्र अतिक्रमणका साथै देवलमा रहेका कलात्मक ढुङ्गासमेत चोरी हुन थालेका छन् । सरोकारवाला निकायले समयमै कोटको संरक्षण र संवद्र्धन नगर्ने हो भने ऐतिहासिक महत्व बोकेको अजयमेरु कोटको पहिचान नै नहराउँला भन्न सकिदैन । त्यसैले सरोकारवाला निकायको त्यस तर्फ ध्यान जान आवश्यक छ ।

जमीन अतिक्रमण हुनु र कोट रहेको स्थान झाडी र बुट्यानले भरिनु दुखदायी भएको कोट घुम्न पुगेका टेकराज अवस्थीले बताउनुभयो । कोट र देवल रहेको स्थानको सरक्षंण गर्ने हो भने आन्तरिक आम्दानी समेत हुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.