अमार्क एशिया प्यासिफिकको उपाध्यक्ष पदमा खतिवडा निर्वाचित

काठमाडौँ, ३ मङ्सिर : सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरूको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

इण्डोनेशियाको जाकार्ता शहरमा आज सम्पन्न अमार्कको चौथो सम्मेलनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । रेडियो धादिङका संस्थापक मध्येका एक नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुनुहुन्छ । सो पदमा भारतका रामनाथ भाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.