भ्रष्टाचारसम्बन्धी खड्काको अनुसन्धानमूलक पुस्तक

काठमाडौँ, १४ कात्तिक : भ्रष्टाचार विरोधी अभियानमा संलग्न पत्रकार केदार खड्काकोे ‘नेपालः करप्सन कोनुन्ड्रम’ (नेपालः भ्रष्टाचारको समस्या) अनुसन्धानमूलक पुस्तक प्रकाशित भएको छ ।

नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरता मात्रै नभई भ्रष्टाचारविरुद्धका कानूनी तथा संस्थागत संरचनामा नै कमजोरी रहेको उजागर गरिएको उक्त पुस्तक यूरेका प्रकाशनले बजारमा ल्याएको हो ।

लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखि हालसम्म भ्रष्टाचार रोक्न भए गरेका कानूनी तथा संस्थागत प्रयासका बारेमा विश्लेषण गरिएको छ ।

नेपालमा १९ वटा भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने संस्था, तिनको प्रभावकारिता तथा त्यस्ता संस्थाको अन्यौलतापूर्ण भूमिकालाई केलाउँदै राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय अभ्याससँग दाँजेर लेखकले लेख्नुभएको छ ।

पुस्तकमा भ्रष्टाचारविरुद्ध समस्या केलाइ नीतिगत तथा संस्थागत सुधारका लागि सुझावसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.