ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, १६ पुस । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।