मंसिर २८ गते संसदको दुवै सदनको अधिवेशन आह्वान
१६ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।