काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट लागू, के-के खुल्छ?

काठमाडौं, २१ जेठ : काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको हो ।

गत जेठ १४ बाट एक साता केही पसल खुल्न नदिई निषेधाज्ञा कडा बनाइएकोमा आजदेखि खुकुलो बनाइएको छ ।

आजदेखि किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन् ।

यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ ।

विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ ।

यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजेसम्म खुल्नेछन् ।

तरकारी पसलहरू सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न पाइने छ । तोकिएका ठाउँबाहेक अन्यत्र तरकारी पसल सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रशासनबाट जारी निषेधाज्ञा

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.