उपत्यकाका १४५६ सहित थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ संक्रमणमुक्त

काठमाडौं, १९ जेठ : पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा भक्तपुरमा १८१, ललितपुरमा ३०६ र काठमाडौंमा ९६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५६३ जना छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन् ।
