उपत्यकामा १५५८ सहित ६०८५ जनामा कोरोना संक्रमण, ६८९८ संक्रमणमुक्त

काठमाडौं, १८ जेठ : पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको नमुना परीक्षण गरिएको थियो । १७ हजार १४७ जनाको पिसिआर गर्दा ५ हजार २८५ जनामा पोजेटिभ देखिएको थियो भने ३ हजार १८ जनाको एन्टिजेन गर्दा ८ सय जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । यससँगै देशभर निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ७ हजार ४५४ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.