उपत्यकामा १२६३ सहित थप ४७६२ जनामा कोरोना संक्रमण, ६४९१ संक्रमणमुक्त

काठमाडौं, १७ जेठ : पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन् । संक्रमणमुक्त हुने बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.