लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, गणना सुरु हुँदै
दाङ, १७ जेठ : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचन २ सय ९७ मत खसेको छ। तीन जना मतदाता अनुपस्थित रहे ।
निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा,धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहे ।
कोरोना संक्रमितका लागि छुट्ट्याइएको केन्द्रमा २७ मत खसेको थियो । अब केहीबेरमा मतदान अघि बढ्ने निर्वाचन अधिकृत थापाले बताए । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे शुरु मतदान ३ बजे सकिएको हो । उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धनबाट दुई जना प्रतिस्पर्धामा छन् ।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका तर्फबाट दुगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।
