उपत्यकामा १०९३ सहित थप ४३६९ जनामा कोरोना संक्रमण, ६२०५ जना संक्रमणमुक्त

काठमाडौं, १६ जेठ : पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

यो संगैं नेपालमा कोरोनाबाट हालसम्म ७ हजार २७२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.