सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

काठमाडौं, १५ जेठ : सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइनेछ । कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’ यस्तै महँगी भत्तालाई निरन्तरता दिएको पनि उनले बताए ।

अर्थमन्त्रीले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाइ सार्वजनिक सेवालाई प्रभावकारी बनाइने पनि बताए । निजामती कर्मचारीको रु १० लाखको दुर्घटना बीमा र रु १ लाखको स्वास्थय बीमा सरकारले गरिदिनेछ । निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताए । यस्तै कर्मचारीका लागि सामूहिक आवासको व्यवस्था पनि गरिनेछ ।

आगामी वर्षदेखि सरकारी कर्मचारीले भत्ता सहित वर्षमा १० दिन भ्रमण बिदा पाउने भएका छन् । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यस्तो नीति ल्याएको पौडेलले बताए । यस्तै होटललाई उतपादनमुलक क्षेत्रमा समेट्ने सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.