संसद विकास कोष खारेज
काठमाडौं, सरकारले संसद विकास कोष खारेज गरेको छ ।
सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
पौडेलले स्रोत अभावका कारण कोष खारेज भएको बताए । चालु आर्थिक वर्षमा सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो । तर संसद विकास कोषको बजेट सदुपयोग हुन नसकेको भन्दै यसको विरोध हुदै आएको थियो ।
