राष्ट्रपति भण्डारीले जारी गरिन् बजेट सम्बन्धी तीन अध्‍यादेश

काठमाडौं, १५ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारबाट आज दिउँसो ४ बजे बजेट भाषण प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.