बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, १४ जेठ : बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन् ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।

बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन् । सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ ।

यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.