उपत्यकामा १४९३ सहित थप ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ संक्रमणमुक्त

काठमाडौं, १२ जेठ : पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् ।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.