उपत्यकामा २६१३ सहित थप ८६३६ जनामा कोरोना संक्रमण, ६४०४ जना संक्रमणमुक्त

काठमाडौं, ११ जेठ : पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२९३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २२३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ । मंगलबारसम्म २९ लाख ५८ हजार ६२० पीसीआर नमुनाको परीक्षण भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्‍चोकमा ३२८ र भक्तपुरमा ३२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर्लाहीमा १७३, दाङमा १५९, लमजुङ र सर्खेतमा १४४/ १४४ जना, रामेछापमा १४३, कञ्‍चनपुरमा १३०, गोरखामा १२१, चितवनमा ११९, धनुषामा ११७, धनकुटामा ११५, पर्वतमा ११२ र मकवानपुरमा १०३ जना संक्रमित थपिएका छन् ।

बाँकेमा ९५, अछाममा ९२, सप्तरीमा ८१, पाल्पामा ७७, सिन्धुलीमा ७५, नुवाकोटमा ६९, तनहुँमा ६८, नवलपरासी पूर्व र बर्दियामा ६५/६५ जना, रसुवामा ५९, बारामा ५८, दोलखामा ४९, दैलेखमा ३९, स्याङजा र बैतडीमा ३८/३८ जना, उदयपुरमा ३५, डडेलधुरामा ३३, पर्सामा ३१ र महोत्तरीमा ३० जना संक्रमित थपिएका छन् ।

यस्तै सल्यानमा २६, ओखलढुंगा र नवलपरासी पश्चिममा २४/२४ जना, दार्चुलामा २३, अर्घाखाँचीमा २०, म्याग्दीमा १९, रौतहटमा १४, संखुवासभामा ११,प्‍युठान र जुम्लामा ९/९ जना, कपिलवस्तु र रोल्पामा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

बागलुङ, गुल्मी, कालिकोटमा ७/७ जना, ताप्लेजुङ र सिरहामा ६/६ जना, डोटीमा ५, पाँचथर र रूकुम पश्चिममा ४/४ जना,खोटाङ र भोजपुरमा ३/३ जना,सोलुखुम्बु, जाजरकोटमा २/२ जना तथा इलाम, तेह्रथुम, रूकुम पर्व, हुम्ला र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ९ वर्ष मुनिका १८३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्षमुनिका ६७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् । यो सँगै मुलुकमा ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन् । जसमध्ये १६७२ जना आइसियू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.