आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

काठमाडौं, ११ जेठ : जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९  नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा   कैद सजाय दुवै हुन सक्ने बताए ।

काठमाडौँको कोटेश्वरमा सवारी जाँच गर्दै सुरक्षाकर्मी । तस्वीर: चन्द्रकला क्षेत्री

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.