निषेधाज्ञा उलंघन गर्नेलाई एक वर्ष कैद र पाँच लाख जरिवाना
काठमाडौं, १० जेठ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड-१९ संकट व्यावस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान विपरित कुनै काम गर्न बाधा पुर्याउनेलाई एक वर्ष कैद र पाँच लाख सम्म जरिवाना हुने गरी सजाय हुने जनाएकाे छ ।
साेमबार सार्वजनिक जानकारी निकाल्दै प्रशासनले अध्यादेशको मापदण्ड पालना नगर्नेलाई ६ महिना सम्म कैद वा तीन लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने जनाएकाे छ ।
त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ ।

