उपत्यकामा २७८५ सहित थप ७४२५ जनामा कोरोना संक्रमण, ७१३५ जना संक्रमणमुक्त

काठमाडौं, १० जेठ : पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ५ लाख २० हजार ४६१ संक्रमित थपिएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २२० जनामा पोजेटिभ देखिएको हो । त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा २० हजार ४५३ जनाको नमूना परीक्षण गरिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमा २७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै ३ लाख ९८ हजार ४८३ कोरोनामुक्त भएका छन् ।
मुलुकभर आज १ हजार ६९७ जना आईसीयू र ४६७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको छ ।
