नागरिकतासम्बन्धी अध्यादेशमा के छ ? (पूर्ण पाठसहित)
काठमाडौं, ९ जेठ : मधेशवादी दलको मागअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका साथ हेरेका छन् ।
जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश भण्डारीले जारी गरेकी हुन् । अध्यादेशमा २०७२ असोज ३ गते भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ ।
यस्तै नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता दिने पनि व्यवस्था गरिएको छ ।
तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम नरहने उल्लेख छ । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गरिने छ ।
हेर्नुहोस् अध्यादेश
