उपत्यकामा २८२१ सहित थप ७९१४ जनामा कोरोना संक्रमण, ७६६४ कोरोनामुक्त

काठमाडौं, ९ जेठ : पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजेन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

योसँगै निको हुने कूल कोरोना संक्रमितको संख्या ३ लाख ९१ हजार ३४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा रहेका कुल संक्रमितमध्ये ७६.३ प्रतिशतलाई निको भइसकेको छ ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.