बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

काठमाडौं, ९ जेठ : बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।

नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल आउन लागेको हो ।

गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप दिने निर्णय गरेको हो । गत हप्ता राजदूत पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.