प्रतिनिधि सभा विघटन असंवैधानिक : सभामुख सापकोटा

काठमाडौं, जेठ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत भएको बताएका छन् ।

उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’उनले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

“सम्मानित सर्वोच्च अदालतको उक्त फैसलामा अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठरुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनावबाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यसतो कार्य संविधान सम्मत हुँदैन उल्लेख भएको या विशेष स्मरणीय छ,” वक्तव्यमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.