संसद अधिवेशन जेठ ९ गते बोलाउन सरकारको सिफारिस

काठमाडौं, ६ जेठ : सरकारले जेठ ९ गते प्रतिनिधि सभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ ।

यो अधिवेशनमा बजेटबारे छलफल हुनेछ ।

आजै नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यादेशबाट बजेट ल्याउने पक्षमा सरकार नभएको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि ३० दिनभित्र लिनुपर्नेछ । उनले विश्वासको मत कहिले लिने भन्ने तय भइसकेको छैन ।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.