उपत्यकामा ३२३२ सहित थप ८३०५ जनामा कोरोना पुष्टि, ६५४३ संक्रमणमुक्त
काठमाडौं, ६ जेठ : पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको पिसिआर परीक्षण गरेकामध्ये ८ हजार २२७ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् ।
यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।
संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
