निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै
काठमाडौं,
गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो । यसपटक स्थानीय तहको तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाएको जनाएको छ । आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ । यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ । यसवटक शिक्षकहरूलाई समेत निर्वाचनमा खटाइएको सूचना अधिकारी अर्यालले बताए । निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिएको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।