रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता

काठमाडौं, १६ फागुन : जिटूजी व्यवस्थामार्फत भारतसँग युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत-नेपालबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतका तर्फबाट भारतको रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले समझदारी पत्रमा हस्ताक्षर गरे।

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा फागुन १६ गते एक भर्चुअल कार्यक्रममा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर र समझदारी पत्र आदानप्रदान गरे। कार्यक्रममा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरू पनि सहभागी थिए।

भारतको रसायन एवम् मल मन्त्रालयका सचिव चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धबारे चर्चा गरे। उनले दुवै देशबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुर्‍याउने तथा कृषिमा द्विपक्षीय सहकार्य अझ अघि बढाउने अपेक्षा व्यक्त गरे।

आज भएको समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावलाई सम्बोधन गर्ने र कृषि उत्पादनमा बढाउनुका साथै किसानलाई लाभकारी हुने अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.