ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

काठमाडौं, १४ माघ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

शुक्रबार बसेको सिसिएमसीको बैठकले ट्याक्सीबाहेक सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाउन सिफारिस भएको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

निजी सवारी साधनको हकमा भने जोर-बिजोर प्रणाली लागु नै गर्न सिफारिस भएको उनले बताइन् ।

‘जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले आफैं पनि जोर–बिजोर हटाउन सक्छ,’ उनले भनिन्, ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले हामीले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं ।’

यस्तै, यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ १५ गते गतेसम्म बन्द गरिएकोमा माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ ।

शैक्षिक संस्थाहरू पनि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको प्रवक्ता नेपालले बताइन् ।

‘हामीले शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरे पनि वैकल्पिक र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न भनेर सिफारिस गरेका छौं,’ उनले भने ।

कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि विश्वविद्यालयहरूले पनि सञ्चालनमा रहेको परीक्षाहरू स्थगित गरेको थियो ।

त्यसलाई पनि स्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न सिफारिस भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.